चर्च ब्वाइज आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पाेखरा | माघ १६, २०८०

चर्च ब्वाइज आहा!  रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 


चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे । खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।


पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन ।


आज चर्चब्वाइज विजयी भएसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ ।


२३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।


अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्